प्रधानमन्त्री बालेन न्युयोर्कबाट नेपालका लागि प्रस्थान

हिमाल प्रेस ९ असोज २०८३ २१:२९ | Friday, September 25, 2026
22
SHARES
प्रधानमन्त्री बालेन न्युयोर्कबाट नेपालका लागि प्रस्थान

न्युयोर्क- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) न्युयोर्कबाट नेपालका लागि प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री शाहसँगै उनको भ्रमण दलका सदस्यहरू पनि नेपालका लागि प्रस्थान गरेका हुन्।

कतार एयरवेजको विमानमार्फत न्युयोर्कबाट प्रस्थान गरेका प्रधानमन्त्री शाहको दोहा हुँदै काठमाडौँ फर्किने कार्यक्रम छ। उनी शनिबार साँझसम्म काठमाडौँ पुग्ने बताइएको छ।

न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा प्रधानमन्त्री शाहलाई बिदाइ गर्न संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायतका पदाधिकारीहरू पुगेका थिए।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा शुक्रबार बिहान सम्बोधन गरेका थिए।

महासभामा भाग लिन उनी मंगलबार न्युयोर्क प्रस्थान गरेका थिए। न्युयोर्कमा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बेनिजसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

प्रकाशित: ९ असोज २०८३ २१:२९ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast