एसियन गेम्स क्रिकेट : अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

हिमाल प्रेस ९ असोज २०८३ १२:१३ | Friday, September 25, 2026
6
SHARES
एसियन गेम्स क्रिकेट : अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

काठमाडौँ- जापानमा जारी एसियन गेम्स क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएपछि नेपालले जितका लागि १०३ रनको लक्ष्य पाएको हो।

अब नेपाल १०३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको छ।

नेपालका कुशल भुर्तेलले चार विकेट लिए भने ललित राजवंशीले तीन विकेट लिए।

किफायती बलिङ गरे पनि सन्दीप लामिछाने भने विकेटविहीन भए।

प्रकाशित: ९ असोज २०८३ १२:१३ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast