विवेकशील साझाको महाधिवेशन आजबाट, रवीन्द्र मिश्रलाई कार्यक्रममै बोलाइएन

हिमाल प्रेस २७ माघ २०७९ ७:१२ | Friday, February 10, 2023
विवेकशील साझाको महाधिवेशन आजबाट, रवीन्द्र मिश्रलाई कार्यक्रममै बोलाइएन

काठमाडौँ- विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट हुँदैछ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो। महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूलाई निम्ता गरिएको छ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा सीके राउत, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाललगायतले सम्बोधन गर्ने तय भएको छ।

विवेकशील साझाले पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई भने उद्घाटन समारोहमा बोलाएको छैन। उनी वरिष्ठ उपाध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि निम्ता नगरिएको बुझिएको छ।

शुक्रबारदेखि सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।

प्रकाशित: २७ माघ २०७९ ७:१२ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast