ऊर्जामन्त्री श्रेष्ठ र एडीबी राष्ट्रिय निर्देशक कोशवाबीच भेटवार्ता

हिमाल प्रेस ८ असोज २०८३ २१:०२ | Thursday, September 24, 2026
4
SHARES
ऊर्जामन्त्री श्रेष्ठ र एडीबी राष्ट्रिय निर्देशक कोशवाबीच भेटवार्ता

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरेका छन्।

भेटमा भोटेकोशीको बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्यांकन, जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।

मन्त्री श्रेष्ठले मन्त्रालयले बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन गरेर अध्ययन गरिरहेको जानकारी गराए।

यसैगरी, अबको करिडोर कस्तो हुनुपर्छ भनेर प्राविधिक रुपमा अध्ययन गर्न मन्त्रालयकै प्राविधिक टोली बनाइएको उनले जानकारी गराए। मन्त्रालयले अध्ययनपश्चात् एकीकृत अवधारणापत्र बनाउन लागेको श्रेष्ठले बताए।

एडीबीका राष्ट्रिय निर्देशक कोशवाले मन्त्रालयको विज्ञ र प्राविधिक टोलीसँग सहकार्य गर्न तयार रहेको बताए। ऊर्जा क्षेत्रको समग्र विकासका लागि एडीबीका तर्फबाट वैज्ञानिक र प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गर्दै राष्ट्रिय निर्देशक कोशवाले क्षति मूल्यांकन र आगामी रणनीतिमा सघन काम गर्ने प्रतिबद्धता जनाए।

भेटमा दूधकोशी जलविद्युत् आयोजनाको शिरमा हिमतालहरु रहेको र जलवायु परिवर्तनको असर कस्तो पर्छ भनेर जोखिमको अध्ययन एडीबीले गरिरहेको जानकारी राष्ट्रिय निर्देशक कोशवाले गराएका थिए।

मन्त्री श्रेष्ठले यस्ता अध्ययनहरु अन्य बेसिनहरुमा पनि गर्नुपर्नेमा जोड दिए। यसमा एडीबीको सहयोग महत्वपूर्ण हुने उनले बताए।

प्रकाशित: ८ असोज २०८३ २१:०२ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast