काठमाडौँ- शिक्षक सेवा आयोगले यसअघि स्थगित गरिएका निम्नमाध्यमिक र माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नयाँ समय तालिका सार्वजनिक गरेको छ।
आयोगको असोज ७ गतेको निर्णयअनुसार यसअघि जेठ ४ गतेको सूचनामार्फत स्थगित गरिएका परीक्षाको नयाँ मिति तय गरिएको हो।
नयाँ तालिकाअनुसार निम्नमाध्यमिक तह, तृतीय श्रेणी (सामान्य परीक्षा) मंसिर १२ गते शनिबार दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ।
यस्तै माध्यमिक तह, तृतीय श्रेणी (विषयगत परीक्षा) मंसिर १९ गते शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने आयोगले जनाएको छ।
दुवै तहको परीक्षा केन्द्रसम्बन्धी विवरण पछि आयोगको आधिकारिक वेबसाइट www.tsc.gov.np मार्फत सार्वजनिक गरिने छ।
प्रकाशित: ८ असोज २०८३ १६:४७ | Thursday, September 24, 2026
प्रतिक्रिया



