काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ।
यो अघिल्लो दिन (बुधबार) को तुलनामा प्रतितोला ३ हजार २ सय रुपैयाँले कम हो। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यमा पनि बिहीबार गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: ८ असोज २०८३ १०:५७ | Thursday, September 24, 2026
प्रतिक्रिया


