मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध, अन्य सडकको के छ अवस्था?

हिमाल प्रेस ८ असोज २०८३ ८:१२ | Thursday, September 24, 2026
2
SHARE
मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध, अन्य सडकको के छ अवस्था?

काठमाडौँ- बाढीपहिरोका देशभरका सडक अवरुद्ध भएका छन्। खोटाङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। बिहीबार बिहान ६:४० बजे खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौतेखोलामा ढुंगासहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

अर्घाखाँचीस्थित सालझण्डी-ढोरपाटन सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहीबार बिहान ७:९ बजे अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, ढुंग्रेखोला नजिकै सालझण्डी-ढोरपाटन सडकमा लेदोसहितको पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो।

प्रकाशित: ८ असोज २०८३ ८:१२ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast