विश्वनाथ पौडेलको दस्तखत रहेको १००० को नयाँ नोट चलनचल्तीमा

हिमाल प्रेस ८ असोज २०८३ ७:५१ | Thursday, September 24, 2026
2
SHARE
विश्वनाथ पौडेलको दस्तखत रहेको १००० को नयाँ नोट चलनचल्तीमा

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबार (असोज ८) देखि एक हजार दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ ।

साविककै आकारमा रङ परिमार्जन गरी नयाँ एक हजार दरको नयाँ बैंकनोट (सिरिज २०२५) चलनचल्तीमा ल्याइएको हो । उक्त नोट आजदेखि लागु हुने गरी जारी गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

नयाँ नोटको रङ बैजनी घेराभित्र फिक्का हरियो रहेको छ । यो नोटको संकेत नम्बर ट/५२ ०००००१ देखि त/५० ९९९९९९ सम्म रहेको छ । नोटको अगाडिपट्टीको मध्य भागमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने तल्लो भागमा सिरिज नम्बर वि.सं. २०८२ लेखिएको छ ।

यसअघि २०७७ साउन ३ गतेदेखि चलनचल्तीमा ल्याइएको रु. १००० दर (सिरिज २०१९) को बैंकनोट संकेत नम्बर ज/६८ ०००००१ देखि ट/५१ ४४०००० सम्म मात्र जारी गरिएको थियो । त्यसपछिको संकेत नम्बर ट/५२ ०००००१ बाट नयाँ सिरिज २०२५ को नोट निष्कासन सुरु गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

प्रकाशित: ८ असोज २०८३ ७:५१ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast