‘भारी वर्षा’पछि निम्तिने असरबाट सचेत हुँदै सरकार, ७७ जिल्लाकै सीडीओसँग छलफल

हिमाल प्रेस ८ असोज २०८३ ७:१४ | Thursday, September 24, 2026
10
SHARES
‘भारी वर्षा’पछि निम्तिने असरबाट सचेत हुँदै सरकार, ७७ जिल्लाकै सीडीओसँग छलफल

काठमाडौँ- मनसुन सकिने बेलामा भारी वर्षा हुने पूर्वानुमान मौसम विभागले गरेसँगै बर्षाले निम्त्याउने जोखिमका बारेमा सरकारले तयारी थालेको छ। पूर्वतयारीका सन्दर्भमा गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल सम्पन्न भएको छ।

गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा वर्षाको सम्भावित अवस्था, जोखिमयुक्त जिल्लाहरुमा अपनाउनु पर्ने सतर्कता, सर्वसाधारणमा पुर्याउनु पर्ने सूचना, सवारी आवागमन बन्दलगायतका विषयमा छलफल भएको हो।

छलफलमा गृह मन्त्रालय, नेपाल मेटेरियोलोजिकल डिपार्टमेन्ट, जल विज्ञान तथा जल अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखा, तीनवटै सुरक्षा निकाय, नेपाल पर्यटन बोर्ड, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतका निकायका प्रतिनिधिहरुको सहभागिता थियो भने काठमाडौं बाहेक प्रमुख जिल्ला अधिकारीहरु भर्चुअल रुपमा सहभागी भएका थिए।

छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जोखिम देखिएका क्षेत्रहरुमा सतर्कता अपनाइ आवश्यक पूर्वतयारीमा रहन आग्रह गरे।

प्रकाशित: ८ असोज २०८३ ७:१४ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast