कास्कीको लामापाटनमा भारी वर्षा, सतर्क रहन अनुरोध

हिमाल प्रेस ८ असोज २०८३ ६:३३ | Thursday, September 24, 2026
8
SHARES
कास्कीको लामापाटनमा भारी वर्षा, सतर्क रहन अनुरोध

काठमाडौँ- कास्की जिल्लाको लामापाटनमा सबैभन्दा धेरै ६५ मिलिमिटर भारी वर्षा मापन गरिएको छ ।

राति ११ः४० बजेसम्मको विवरण अनुसार हाल देशका विभिन्न भागमा मध्यम वर्षा जारी रहेको छ । जसअनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत मध्यमसम्मको वर्षा भइरहेको छ ।

वर्षा भइरहेका क्षेत्र तथा त्यस आसपासका भू–भागहरूमा अझै थप वर्षा हुने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित: ८ असोज २०८३ ६:३३ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast