एमालेले केन्द्रीय कमिटीकै बीचमा किन बोलायो सचिवालय बैठक?

हिमाल प्रेस ८ असोज २०८३ ६:३१ | Thursday, September 24, 2026
6
SHARES
एमालेले केन्द्रीय कमिटीकै बीचमा किन बोलायो सचिवालय बैठक?

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । केन्द्रीय कमिटी बैठक जारी रहेकै बेला एमालेले सचिवालय बैठक बोलाएको हो ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्नेछ ।

सचिवालय बैठक सकिएपछि मध्याह्न साढे १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने उनले जानकारी दिए । एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरस्थित एक पार्टी प्यालेसमा सोमबारदेखि जारी छ । आजै केन्द्रीय कमिटी बैठक समापन गर्ने एमालेको तयारी छ ।

सचिवालय बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले दिएका सुझाव समेट्ने विषयमा छलफल हुने बताइएको छ । यस्तै, केन्द्रीय कमिटीमा मनोनीत गर्ने व्यक्तिका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् ।

 स्थायी कमिटी र पोलिटब्युरो गठनका विषयमा समेत छलफल हुने भएको छ । सचिवालयमा छलफल गरेपछि स्थायी कमिटी र पोलिटब्युरो गठनबारे केन्द्रीय कमिटी बैठकबाटै घोषणा गर्ने तयारी रहेको एमाले नेताहरूले बताएका छन् ।
प्रकाशित: ८ असोज २०८३ ६:३१ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast