एक दशकपछि अमेरिका पुग्दै जिनफिङ, ट्रम्पले स्वागत गर्ने

हिमाल प्रेस ७ असोज २०८३ १६:०४ | Wednesday, September 23, 2026
4
SHARES
एक दशकपछि अमेरिका पुग्दै जिनफिङ, ट्रम्पले स्वागत गर्ने फाइल तस्बिर

काठमाडौँ- चीनका राष्ट्रपति सी जिनफिङ बुधबार अमेरिकाको राजधानी वाशिङ्टन पुग्दैछन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँ एन्ड्रयुज एयरफोर्स बेसमा पुगेर सीको स्वागत गर्ने सम्भावना रहेको बताइएको छ।

भ्रमणको दोस्रो दिन बिहीबार ह्वाइट हाउसमा चिनियाँ राष्ट्रपति सीको सम्मानमा भव्य औपचारिक स्वागत समारोहको आयोजना गरिनेछ। समारोहमा मिलिट्री फ्लाई–ओभरका साथै करिब पाँच सय अमेरिकी सैन्यकर्मी सहभागी हुनेछन्।

आगामी शुक्रबार समाप्त हुने यस भ्रमणका क्रममा विभिन्न औपचारिक बैठकहरुका अतिरिक्त रात्रिभोज, निजी भेटघाट तथा अन्य विविध कार्यक्रमको पनि आयोजना गरिएको छ।

दुई देशबीचको वर्तमान व्यापार सम्झौताका कारण यस भ्रमणलाई विश्वभरि नै निकै चासोका साथ हेरिएको छ। सन् २०२५ अक्टोबरमा दक्षिण कोरियामा राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीच भएको व्यापार सम्झौताको समयावधि आगामी नोभेम्बरमा सकिँदैछ।

उक्त सम्झौताअन्तर्गत अमेरिकाले चिनियाँ सामानमा प्रस्ताव गरेको भारती महसुल वृद्धिलाई स्थगित गरिएको थियो भने जवाफमा चीनले ‘रेयर अर्थ’ खनिजको निर्यातमा लगाएको प्रतिबन्धमा खुकुलोपन अपनाएको थियो।

यस भ्रमणका क्रममा उक्त सम्झौताको नवीकरण वा नयाँ सहमतिबारे निर्णायक कुराकानी हुने बताइएको छ।

करिब एक दशकपछि हुन लागेको सीको यो पहिलो अमेरिका भ्रमण हो। साथै अमेरिकी राष्ट्रपति ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछिका यी दुई शीर्ष नेताहरुबीचको यो तेस्रो भेटघाट हो।

प्रकाशित: ७ असोज २०८३ १६:०४ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast