‘फोहोरमैला व्यवस्थापन विधेयक’ सदनमा पेस, फोहोरमैला व्यवस्थापनको कोशेढुंगा बन्ने दाबी

हिमाल प्रेस ७ असोज २०८३ १२:५० | Wednesday, September 23, 2026
2
SHARE
‘फोहोरमैला व्यवस्थापन विधेयक’ सदनमा पेस, फोहोरमैला व्यवस्थापनको कोशेढुंगा बन्ने दाबी

काठमाडौँ- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । आजकै बैठकमा पेस गर्न अनुमति मागेको प्रस्ताव स्वीकृत भएपछि उनले विधेयक प्रस्तुत गरेका हुन् ।

विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन, स्रोतको परिचालन र स्वच्छ वातावरणको निर्माणमा यस विधेयकले कोसेढुंगाको काम गर्ने बताए।

मन्त्री लम्सालले फोहोरमैलाको उत्सर्जन, सङ्कलन, विसर्जन र समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भूमिका र जिम्मेवारी स्पष्ट पार्न यो विधेयक आवश्यक रहेको उल्लेख गरे।

उनले भने, ‘फोहोरमैलालाई अब फोहोरका रूपमा मात्र नभई स्रोत र साधनका रूपमा उपयोग गर्नुपर्ने आजको आवश्यकता छ। यसका लागि तीनै तहका निकायहरूबिच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य छ।’

विधेयकको मुख्य ध्येय पोहोर मैलाको समुचित व्यवस्थापनद्वारा स्वच्छ र स्वस्थ वातावरण कायम गर्नु रहेको मन्त्री लम्सालले बताए। उनले भने, ‘मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न र चक्रीय अर्थतन्त्रको अवधारणाअनुरूप पोहोर मैलाको प्रशोधन गरी स्रोतसाधनको रूपमा उपयोग गर्न यो विधेयक ल्याइएको हो।’

मन्त्री लम्सालले फोहोरमैला व्यवस्थापनको कार्यलाई दिगो र व्यवस्थित बनाउन सङ्घीय कानुन वाञ्छनीय भएको र सोही आवश्यकतालाई सम्बोधन गर्न यो विधेयक संसदमा प्रस्तुत गरिएको जानकारी दिए ।

उनले यस विधेयकले फोहोरमैला व्यवस्थापनमा देखिएका विद्यमान कानुनी तथा प्रशासनिक जटिलतालाई चिर्दै थप चुस्त व्यवस्थापनको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ७ असोज २०८३ १२:५० | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast