कांग्रेस महाधिवेशन : मंगलबार पनि वडा अधिवेशनलाई निरन्तरता

हिमाल प्रेस ५ असोज २०८३ १९:०७ | Monday, September 21, 2026
6
SHARES
कांग्रेस महाधिवेशन : मंगलबार पनि वडा अधिवेशनलाई निरन्तरता

काठमाडौँ- नेपाली कांग्रेसले १५ औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको जनाएको छ। सोमबार तेस्रो दिनसम्म ६३ जिल्लाहरूको वडा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको हो।

यसअघि आइतबार कांग्रेसले ७३ जिल्लाका ६ हजार १३२ वडाको अधिवेशन सम्पन्न भएको जनाएको थियो।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सोमबार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, उदयपुर, ओखलढुंगा, झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाण्डौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, सिन्धुपाल्चोक, पर्सा, पर्वत, वागलुङ, कपिलवस्तु, डोटी, दाङ र कैलाली सहित ६३ जिल्लाहरुको वडा अधिवेशन सम्पन्न भएको जानकारी दिएका छन्।

त्यस्तै धनुषा क्षेत्र नं. ४, मोरङ क्षेत्र नं. ६, अछाम (३ वडा बाँकी), नवलपरासी क्षेत्र नं. २, डडेल्धुरा (४ वडा बाँकी), रुपन्देही (३ वडा बाँकी), महोत्तरी (८ वडा बाँकी), सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ का वडाहरुको अधिवेशन अन्तिम चरणमा रहेको उनले बताएका छन्।

कटुवालले बाँकी रहेका वडाहरूको अधिवेशन मंगलबार पनि जारी रहने जानकारी दिए। कांग्रेसले वडा अधिवेशनका लागि असोज ३ र ४ गते तोकेको थियो।

महाधिवेशनको कार्यतालिकाअनुसार गाउँ/नगरपालिका अधिवेशन असोज ७ गते एवं प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते हुने तय भएको छ।

कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकामा जिल्ला र प्रदेश अधिवेशनको मिति उल्लेख गरिएको छैन। कांग्रेसको १५ औँ महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ।

प्रकाशित: ५ असोज २०८३ १९:०७ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast