प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

हिमाल प्रेस ५ असोज २०८३ १४:२४ | Monday, September 21, 2026
4
SHARES
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार प्रधानमन्त्री शाहसँग प्रधानसेनापति सिग्देलको भेट नियमित भेटघाटकै क्रममा भएको हो।

बस्नेतले सोमबार हिमालप्रेससँग कुरा गर्दै प्रधानमन्त्री शाह रक्षामन्त्रीसमेत रहेकाले प्रधानसेनापतिले भेट गर्नु सामान्य प्रक्रिया भएको बताए।

‘प्रधानमन्त्रीज्यूसँग चिफसाबको नियमित भेटघाट नै हो। प्रधानमन्त्रीज्यू रक्षामन्त्रीसमेत हुनु भएकाले उहाँलाई चिफसाबले भेट्ने विषय सामान्य हो,’ उनले भने।

भेटमा भोटेकोशी बाढीपछि नेपाली सेनाले निरन्तर सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यको अवस्थाबारे पनि प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए।

यस्तै, प्रधानसेनापति सिग्देलले भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म गरेको चीन भ्रमणका विषयमा पनि प्रधानमन्त्री तथा रक्षामन्त्री शाहलाई जानकारी गराएका थिए।

प्रधानमन्त्री शाह मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्ने तयारीमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast