सेयर किनबेचको काम आज नहुने, यस्तो छ कारण

हिमाल प्रेस ५ असोज २०८३ १२:१४ | Monday, September 21, 2026
सेयर किनबेचको काम आज नहुने, यस्तो छ कारण

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ। नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरिएको हो ।

नेप्सेले सोमबार जारी गरेको सूचनामा डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भए पनि हालसम्म समस्या समाधान हुन नसकेको जनाएको छ ।

डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने अवस्था देखिएको सूचनामा उल्लेख छ ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत आजको नियमित कारोबार सत्र स्थगित गरिदिन नेप्सेसमक्ष निवेदन दिएको थियो ।

सोही सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम असोज ५ गतेको नियमित कारोबार स्थगित गर्ने निर्णय गरेको हो ।

नेप्सेले प्राविधिक समस्या समाधान नभइसकेको अवस्थामा कारोबार सञ्चालन गर्दा प्रणालीमा थप क्षति पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै कारोबार स्थगन गरिएको स्पष्ट पारेको छ ।

प्रकाशित: ५ असोज २०८३ १२:१४ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast