कुन कुन राजमार्ग अवरुद्ध छन्? हेर्नुस्

हिमाल प्रेस ५ असोज २०८३ ७:१७ | Monday, September 21, 2026
2
SHARE
कुन कुन राजमार्ग अवरुद्ध छन्? हेर्नुस् बिपी राजमार्ग। फाइल तस्बिर।

काठमाडौँ- बाढी र पहिरोले मुख्य राजमार्गहरूको यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै विभिन्न सडक खण्डमा भएको अवरोध र सञ्चालनको अवस्थाबारे जानकारी दिएको हो ।कोशी प्रदेशअन्तर्गत सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका ४ स्थित नेता भिरमा असोज २ गते बिहान १०:३० बजे पहिरो जाँदा कोशि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक खण्ड अहिलेसम्म खुल्न सकेको छैन।

यसैगरी बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी र पहिरोका कारण सडक आवतजावतमा असर परेको छ। काभ्रे जिल्लाको बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीलाई ध्यानमा राख्दै असोज १६ गतेदेखि विशेष व्यवस्था लागू गरिएको छ। साँझ १९:०० बजेदेखि बिहान ०५:०० बजेसम्म सडक बन्द रहने र बिहान ०४:०० बजेदेखि साँझ १८:०० बजेसम्म परिस्थिति हेरेर १० टनसम्मका मालवाहक सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएको छ।

रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू असोज० गते बिहान १०:३० बजेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका ८ स्थित घट्टेखोलामा असोज ०१ गते राति २२:०० बजेदेखि सम्भावित बाढी र पहिरोको जोखिमका कारण टोखा छहरे सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै पसाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका १० सिमटारमा असोज ०१० गते बिहान १०स्३० बजे बाढी आएका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।

धादिङ जिल्ला भएर जाने पृथ्वीलोकमार्गमा भने पहिरो हटाई यातायात एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। बेनीघाट रोराङ गाउँपालिका १० स्थित जवाडखोलामा भदौ १६ गते र शीतलबजारमा भदौ २६ गते गएको पहिरो साफ गरी सडकलाई एकतर्फी सुचारु गराइएको छ। सडक विभाग र प्रहरी टोली अवरुद्ध सडकहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन निरन्तर खटिरहेका छन्।

प्रकाशित: ५ असोज २०८३ ७:१७ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast