परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

हिमाल प्रेस ४ असोज २०८३ १९:३१ | Sunday, September 20, 2026
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

काठमाडौँ- संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।

आइतबार साँझ न्युयोर्क प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पत्रकारहरुसँग कुरा गदैँ मन्त्री खनालले बैठकमा विपद्ले नेपालमा ल्याएको समस्यामा बढी केन्द्रीत रहेर यो विषय जल्दोबल्दोका साथ उठाउने बताए।

उनले संयुक्त राष्ट्रसंघको रिफर्मका कुरा शान्तिका विषयहरु महासभामा उठाइने बताए। विश्वमञ्च जलवायु परिवर्तन र हरित ग्यास उत्सर्जन गरेका देशहरुले केहि दायित्वहरु सृजना भएको उल्लेख गर्दै त्यसता संरचनाहरुलाई अझ बलियो बनाउनुपर्छ भन्ने आवाज उठाउन जरुरी रहेको उनले बताए।

महासभाको उच्चस्तरीय सत्रका अतिरिक्त मन्त्री खनालले न्युयोर्कमा आयोजना हुने विभिन्न मन्त्रीस्तरीय बैठक तथा साइड इभेन्टहरूमा नेपालको प्रतिनिधित्व गर्ने बताइएको छ।

भ्रमणका क्रममा विभिन्न मित्रराष्ट्रका प्रतिनिधि तथा उच्चस्तरीय अधिकारीहरूसँग साइडलाइन भेटवार्ता गर्ने तय भएको छ। ती अन्तर्राष्ट्रिय मञ्चहरूमा मन्त्री खनालले नेपालको राष्ट्रिय हित र सरोकारका विषयमा औपचारिक धारणा राख्ने कार्यक्रम रहेको छ।

सम्मेलनमा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाहको मंगलबार न्युयोर्क जाने कार्यक्रम रहेको छ।

प्रकाशित: ४ असोज २०८३ १९:३१ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast