सप्तरीबाट १४ सय किलो गाँजा बरामद, एक जना पक्राउ

हिमाल प्रेस ४ असोज २०८३ १०:१६ | Sunday, September 20, 2026
सप्तरीबाट १४ सय किलो गाँजा बरामद, एक जना पक्राउ

काठमाडौँ- सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ कटैया गाउँबाट करिब १४ सय किलोग्राम गाँजा बरामद गरिएको छ। गाँजा लुकाइछिपाइ राखेको आरोपमा एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति करिब १२:४५ बजे विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले भोला सदाको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरबाट ५६ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा करिब १४ सय किलोग्राम गाँजा बरामद गरिएको उनले बताए।

बरामद गाँजासहित भोला सदालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाइएको डीएसपी थापाले जानकारी दिए।

सीमावर्ती क्षेत्र भएकाले उक्त गाँजा भारततर्फ निकासी गर्ने उद्देश्यले लुकाइराखिएको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ४ असोज २०८३ १०:१६ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast