काठमाडौँ- नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ३१ जिल्लाको वडा अधिवेशन आज (आइतबार) हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत ४३ जिल्लाका ३३९६ वडामा अधिवेशनपछि निर्वाचन सम्पन्न भएको छ ।
शनिबार ती अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन भोलि पनि निरन्तर जारी रहने कांग्रेसले जनाएको छ । कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ ।
प्रकाशित: ४ असोज २०८३ ६:३७ | Sunday, September 20, 2026
प्रतिक्रिया


