संविधान दिवसको अवसरमा शीतल निवासमा विशेष समारोह (तस्बिरहरू)

हिमाल प्रेस ३ असोज २०८३ १७:५४ | Saturday, September 19, 2026
संविधान दिवसको अवसरमा शीतल निवासमा विशेष समारोह (तस्बिरहरू)

काठमाडौँ- संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयले शनिबार विशेष कार्यक्रमको आयोजना गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा कार्यालयले संविधान दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको हो।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन नसक्ने बताए।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न दलका नेता सहभागी थिए।

तस्बिरहरू : राष्ट्रपतिको सचिवालय

प्रकाशित: ३ असोज २०८३ १७:५४ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast