‘छ माया छपक्कै २’ फूलपातीबाट प्रदर्शनमा आउने

हिमाल प्रेस ३ असोज २०८३ १४:०२ | Saturday, September 19, 2026
‘छ माया छपक्कै २’ फूलपातीबाट प्रदर्शनमा आउने

काठमाडौँ- दीपक–दीपा टिमको फिल्म ‘छ माया छपक्कै २’ असोज ३१ गते अर्थात फूलपातीबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्मको फष्टलुक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति अनधिकारिक रूपमा सार्वजनिक गरेको हो। फिल्मको फष्टलुक्समा दिपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई देखिएका छन्। फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन्।

सामाजिक-राजनीतिक कथावस्तुको फिल्म आमा सरस्वती मूभिज र रोहित अधिकारी फिल्म्सको ब्यानरमा बनेको हो।  रोहित अधिकारी निर्माता रहेको फिल्मको छायांकन दुई चरणमा गरिएको हो। पहिलो चरणमा ३० र दोस्रो चरणमा २० गरी ५० दिन छायांकन गरिएको निर्माण टिमले  जनाएको छ।

‘छ माया छपक्कै २’मा पनि शीर्ष भूमिकामा दीपक र केकीको जोडी थियो। अहिले सोही जोडीलाई निरन्तरता दिइएको छ।

प्रकाशित: ३ असोज २०८३ १४:०२ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast