काठमाडौँ- दसैँमा प्रदर्शनमा आउने ‘छ माया छपक्कै’ २ को छायांकन थालिएको छ। बुधबार काठमाडौं गागलफेदीबाट छायांकन थालिएको यो फिल्म ५० दिन छायांकन गरिने निर्माण टिमले जनाएको छ।
‘छ माया छपक्कै’ दीपेन्द्र लामाले निर्देशन गर्दैछन्। सामाजिक-राजनीतिक कथावस्तुको फिल्म आमा सरस्वती मूभिज र रोहित अधिकारी फिल्म्सको ब्यानरमा बन्न लागेको हो।
रोहित अधिकारी निर्माता रहेको फिल्मको छायांकन दुई चरणमा हुनेछ। पहिलो चरणमा ३० र दोस्रो चरणमा २० गरी ५० दिन छायांकन गरिने जनाइएको छ।
दीपकराज र केकीसहित सनिशा भट्टराईको पनि फिल्ममा शीर्ष अभिनय रहनेछ।
फिल्म आउँदो दसैंको फूलपातीमा प्रदर्शनमा आउने घोषणा गरिएको छ।
प्रकाशित: २६ वैशाख २०८३ ११:१३ | Saturday, May 9, 2026
प्रतिक्रिया



