संविधान दिवसको अवसर राष्ट्रपतिलाई सेनाले दियो सलामी

हिमाल प्रेस ३ असोज २०८३ १०:१२ | Saturday, September 19, 2026
संविधान दिवसको अवसर राष्ट्रपतिलाई सेनाले दियो सलामी

काठमाडौँ- संविधान दिवसको अवसर राष्ट्रपति रामचन्द्र पौडेल पनिनेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएकाछन्।

सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको छ। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले मार्च पास तथा ब्याण्ड प्रदर्शन गरेका थिए। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता थियो । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा प्रत्येक वर्ष कार्यक्रम हुने गर्छ।

प्रकाशित: ३ असोज २०८३ १०:१२ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast