माथिल्लो त्रिशुली-१ को टनेलभित्र १३ वटा शव फेला

हिमाल प्रेस २ असोज २०८३ २१:३७ | Friday, September 18, 2026
माथिल्लो त्रिशुली-१ को टनेलभित्र १३ वटा शव फेला

काठमाडौँ- माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनाको टनेलबाट शुक्रबार १३ वटा शव फेला परेका छन्।

टनेलभित्र खोजीका क्रममा यो संख्यामा शव फेला परेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मलित संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट-३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेको थियो।

त्यसपछि खोजीकै क्रममा थप ७ वटा शव फेला परेको सेनाले जनाएको छ। सेनाले जनाएअनुसार खोजी कार्य अझै जारी छ।

त्रिशुली ‘थ्री ए’ को टनेल र पावर हाउस क्षेत्रमा संयुक्त टोलीले खोजी कार्य गरिरहेको नेपाली सेनाले जानकारी दिएको छ।

त्यस्तै त्रिशुली ‘थ्री बी’ मा नेपाली सेनासहित संयुक्त टोलीले पावर हाउस भएको स्थानमा उत्खनन गर्दा केही फेला नपरेको सेनाको भनाइ छ। यद्यपि त्यस क्षेत्रमा अझै खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकाहरूको खोजी भइरहेको छ।

प्रकाशित: २ असोज २०८३ २१:३७ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast