काठमाडौँ- भदौ १० को भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावितको लागि नेपाल टेलिकमले संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १० करोड (दस करोड रुपैयाँ) सहयोग रकम हस्तान्तरण गरेको छ।
सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलको उपस्थितिमा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी थिइन्।
यस अघि कम्पनीका कर्मचारीहरुको तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ रकमको चेक टेलिकमले हस्तान्तरण गरेको थियो। कम्पनीले प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढी पश्चात नै ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको छ ।
कम्पनीको यस सहयोगले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनस्र्थापना कार्यमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ ।


