काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी उमेर समूहका सांसदहरूसँग विशेष अन्तर्क्रिया सुरु गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अन्तर्क्रियामा नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति, प्राविधिक शिक्षा तथा सर्वसुलभ स्वास्थ्य सेवाका विषयमा छलफल भइरहेको छ।
त्यसैगरी वातावरणीय सन्तुलन कायम गर्दै दिगो विकास हासिल गर्ने विषयमा पनि छलफल भइरहेको सचिवालयले जनाएको छ।
अन्तर्क्रियामा जेनजी पुस्ताका युवाको अपेक्षा, प्रविधिको प्रयोग, रोजगारी सिर्जना तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।
प्रकाशित: २ असोज २०८३ १२:४३ | Friday, September 18, 2026
प्रतिक्रिया


