मनीषकुमार मिश्र कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

हिमाल प्रेस २ असोज २०८३ ९:२४ | Friday, September 18, 2026
मनीषकुमार मिश्र कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ- सर्लाही क्षेत्र नम्बर ४ का मनीषकुमार मिश्र नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत भएका छन्।

कांग्रेस सभापति गगनकुमार थापाले पार्टी विधानअनुसार मिश्रलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।

मिश्र यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महामन्त्री थिए। उनी गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसमा प्रवेश गरेका थिए।

सर्लाही-४ बाट निर्वाचन लड्ने क्रममा कांग्रेस सभापति थापाको चुनावी अभियानमा मिश्रसहित विभिन्न दलका नेताहरू कांग्रेसमा प्रवेश गरेका थिए।

प्रकाशित: २ असोज २०८३ ९:२४ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast