काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढी तथा जलवायु परिवर्तनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय विशेष समिति गठन गर्नेबारे छलफल भइरहेको छ।
बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको छलफलअनुसार विशेष समिति गठनका विषयमा प्रारम्भिक छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक सहभागी छलफल भइरहेको हो।
आज बिहान ११:३० बजे संघीय संसद् भवनको शिक्षा समितिको हलमा उक्त छलफल भइरहेको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
छलफलमा बाढीको विपद्, त्यसको प्रभाव तथा जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा संसदीय विशेष समिति गठनको आवश्यकताबारे छलफल हुने जनाइएको छ।
प्रकाशित: १ असोज २०८३ १२:०३ | Thursday, September 17, 2026
प्रतिक्रिया


