अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ३ दिनका लागि नयाँ दिल्ली प्रस्थान, यस्तो छ भ्रमण तालिका

हिमाल प्रेस १ असोज २०८३ ९:०७ | Thursday, September 17, 2026
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ३ दिनका लागि नयाँ दिल्ली प्रस्थान, यस्तो छ भ्रमण तालिका

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७स्३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ ।उनले आज ५:०० बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । शुक्रवार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी र ५:००बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

वाग्ले शुक्रवार ७:३० बजे भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा सहभागी हुनेछन् भने शनिवार ९स्३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।

सोही दिन ११:३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । उनी शनिबार साँझ ४ बजे नेपाल फिर्ता हुने कार्यतालिका छ । भ्रमण टोलीका सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली राजदूतावास नयाँदिल्लीका उप नियोग प्रमुख डा।सुरेन्द्र थापा, नेपाली राजदूतावास नयाँदिल्लीका इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उप सचिव कञ्चन बस्नेत रहेका छन् ।

प्रकाशित: १ असोज २०८३ ९:०७ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast