उपत्यकामा चिनी प्रतिकेजी ११० मा बिक्री

हिमाल प्रेस ३१ भदौ २०८३ २०:२३ | Wednesday, September 16, 2026
उपत्यकामा चिनी प्रतिकेजी ११० मा बिक्री

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको जनाएको छ।

विभागले बुधबार विज्ञप्ति जारी गरेर चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको हुँदा आम उपभोक्तालाई अधिक सञ्चय नगर्न पनि अनुरोध गरेको छ।

चिनीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासो बढेसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले मंगलबार सरोकारवालाहरूसँग छलफल गरेका थिए।

प्रकाशित: ३१ भदौ २०८३ २०:२३ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast