रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

हिमाल प्रेस ३० भदौ २०८३ २०:५१ | Tuesday, September 15, 2026
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा भोलि सर्वदलीय बैठक बस्ने भएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा शीर्ष नेतृत्वको सहभागिता रहने रास्वपाले जनाएको छ।

प्रकाशित: ३० भदौ २०८३ २०:५१ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast