शिक्षकहरूलाई राष्ट्रिय किताबखानाको यस्तो आग्रह

हिमाल प्रेस ३० भदौ २०८३ १७:३९ | Tuesday, September 15, 2026
शिक्षकहरूलाई राष्ट्रिय किताबखानाको यस्तो आग्रह

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षक तथा कर्मचारीलाई संशोधित सम्पत्ति विवरण फाराममै विवरण पेस गर्न आग्रह गरेको छ।

किताबखानाले सार्वजनिक गरेको सूचनाअनुसार सम्पत्ति विवरण पेस गर्दा नेपाल राजपत्र, भाग ५, खण्ड ६०, संख्या १ मा २०६७ वैशाख ६ गते प्रकाशित संशोधनबमोजिमको फाराम प्रयोग गर्नुपर्ने जनाएको छ।

सूचनामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) अनुसार सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।

संशोधित फाराममा विवरण पेस गर्ने व्यक्तिको नाम, पद, कार्यालय, स्थायी तथा हालको बसोबासको ठेगाना, कर्मचारी संकेत नम्बरलगायतका व्यक्तिगत विवरण उल्लेख गर्नुपर्ने व्यवस्था छ।

त्यस्तै घर, जग्गा, खरिद मूल्य, प्राप्तिको स्रोत तथा कैफियतसम्बन्धी विवरण पनि समावेश गर्नुपर्नेछ।

राष्ट्रिय किताबखाना (शिक्षक) ले सम्पत्ति विवरण पेस गर्ने सबै सम्बन्धित कर्मचारीलाई संशोधित फाराम प्रयोग गरी निर्धारित व्यवस्थाअनुसार विवरण बुझाउन अनुरोध गरेको छ।

प्रकाशित: ३० भदौ २०८३ १७:३९ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast