गायिका मीरा राणा एकल सांगीतिक साँझमा गुञ्जने

हिमाल प्रेस ३० भदौ २०८३ ११:४२ | Tuesday, September 15, 2026
गायिका मीरा राणा एकल सांगीतिक साँझमा गुञ्जने

काठमाडौँ- गायिका मीरा राणाले एकल सांगीतिक साँझमा गुञ्जने भएकी छन्। गायिका तथा संगीतकार राणा असोज ४ गते आइतबार राणा एकल सांगीतिक साँझमा गुञ्जने भएकी हुन्। क्यान्सरसँग लडेर त्यसलाई जिते पनि क्यान्सरबाटै आफ्ना पति उदयजंग राणालाई गुमाउन पुगेकी राणा ७५ वर्षको उमेरमा एकल साँझमा उत्रन लागेकी हुन्।

क्यान्सरबाट पतिलाई बचाउन नसकेको पीडापछि गायिका राणाले क्यान्सरका विरामीलाई सघाउन ‘मिरा राणा क्यान्सर समाज’ स्थापना गरेकी छन् । सोही समाजको कोष बृद्धी गरी त्यसबाट क्यान्सर भएकाहरूलाई सहयोग गर्न आफ्ना जीवनकै अन्तिम कार्यक्रमस्वरुप ‘मिरा राणा एकल सांगीतिक साँझ गर्न लागिएको उनले बताएकी छन्।

कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने मिराको एकल साँझमा उनले गाएका र संगीत भरेका दुई दर्जन गीत उनका साथमा विभिन्न गायक गायिकाले प्रस्तुत गर्नेछन्।

कार्यक्रममा शम्भुजीत बासकोटा, रामभक्त जोजिजु, कपिल लोहनी, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, क्यान्सर विजेता गायिकाद्वय तारा थापा र संगीता थापा शाक्य तथा निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शितल थापा, युनिशा देशारलगायत गायकगायिकाले उनका गीत गाउनेछन् । मिरन स्वयंले पनि आफ्ना गीतहरू प्रस्तुत गर्नेछिन्।

प्रकाशित: ३० भदौ २०८३ ११:४२ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast