शिक्षक महासंघमा नयाँ नेतृत्व कहिले?

हिमाल प्रेस २९ भदौ २०८३ १३:०५ | Monday, September 14, 2026
शिक्षक महासंघमा नयाँ नेतृत्व कहिले?

काठमाडौँ- नेपाल शिक्षक महासंघले असोज महिनाभित्र नयाँ नेतृत्व पाउँदै छ। अध्यक्ष र सहअध्यक्ष अनिवार्य अवकाशमा गएपछि नेतृत्वविहीन बनेको महासंघमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको हो।

महासंघका महासचिव तुलाबहादुर थापाले नेपाल शिक्षक संघ र नेपाल शिक्षक संगठनलाई क्रमशः अध्यक्ष र सहअध्यक्षको नाम छिट्टै पठाउन आग्रह गरिएको जानकारी दिए।

‘दुवै संगठनलाई महासंघको अध्यक्ष र सहअध्यक्ष तत्काल पठाउन आग्रह गरेको छु,’ उनले भने।

नेपाल शिक्षक संघका केन्द्रीय महासचिव ज्ञानेन्द्रबहादुर रावलले संघले असोजको पहिलो साता बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट महासंघको अध्यक्ष टुंगो लगाउने बताए। उनका अनुसार यसबारे गृहकार्य भइरहेको छ।

महासंघको अध्यक्षका लागि शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी र महासचिव ज्ञानेन्द्रबहादुर रावलको नाम चर्चामा रहेको छ।

यता, सहअध्यक्षको जिम्मेवारी नेपाल शिक्षक संगठनको भागमा परेकाले संगठनले पनि छिट्टै नाम पठाउने तयारी गरेको जनाएको छ।

संगठनका अध्यक्ष शंकर अधिकारीले सरकारसँग शिक्षक तथा कर्मचारीका पक्षमा प्रभावकारी रूपमा आवाज उठाउन सक्ने व्यक्तिलाई सहअध्यक्षका रूपमा पठाइने बताए।

महासचिव थापाले असोज महिनाभित्रै महासंघले पूर्ण नेतृत्व पाउने विश्वास व्यक्त गरे।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष नानुमाया पराजुली अनिवार्य अवकाशमा गएपछि महासंघ नेतृत्वविहीन बनेको हो।

प्रकाशित: २९ भदौ २०८३ १३:०५ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast