काठमाडौँ- आज तीजको दिनमा सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विशेषत: तीजमा गरगहना पहिरिने गरिन्छ।
योसँगै सोमबार छापावाल सुनको मूल्य ३ लाख १ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार १ हजार २०० रुपैयाँ बढेर सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ पुगेको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ थियो ।
प्रकाशित: २९ भदौ २०८३ १०:५२ | Monday, September 14, 2026
प्रतिक्रिया


