भोटेकोशी बाढी अपडेट : १३ सय ९२ को शव भेटियो, ४ हजार ८९ अझै बेपत्ता

हिमाल प्रेस २९ भदौ २०८३ ६:३७ | Monday, September 14, 2026
भोटेकोशी बाढी अपडेट : १३ सय ९२ को शव भेटियो, ४ हजार ८९ अझै बेपत्ता

काठमाडौँ- भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३९२ जनाको शव फेलापरेको छ। बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन्। प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुषका छन्। ३३६ शव महिलाका छन्।

५१४ वटा शव आंशिक अंगसहितका छन्। भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन्। यस्तै, विदेशी नागरिकतर्फ २७२ पुरुष, ३२८ महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बाढीपछि हालसम्म नौ हजार २८७ जना घाइतेको उद्धार गरिएको छ। जसमा पुरुष छ हजार ४०७, महिला दुई हजार ८३० र पहिचान नखुलेका ५० जना रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उद्धार गरिएकामध्ये दुई हजार ७८१ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए। बेपत्ता व्यक्तिको पहिचान तथा फेलापरेका शवको सनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ।

 

प्रकाशित: २९ भदौ २०८३ ६:३७ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast