जेनजी आन्दोलनमा नक्खुबाट भागेका थिए, १ करोड ३९ लाखभन्दा बढी रकम ठगेको आरोपमा पक्राउ परे

हिमाल प्रेस २८ भदौ २०८३ ११:४९ | Sunday, September 13, 2026
जेनजी आन्दोलनमा नक्खुबाट भागेका थिए, १ करोड ३९ लाखभन्दा बढी रकम ठगेको आरोपमा पक्राउ परे

काठमाडौँ- सुनजस्तो देखिने पहेँलो धातु देखाई १ करोड ३९ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज आइतबार दिएको जानकारीअनुसार काठमाडौँ, टोखा नगरपालिका ९ मिलन टोलस्थित एक गेस्ट हाउसबाट प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सुनजस्तो देखिने पहेँलो धातु देखाई पटकपटक गरी १ करोड ३९ लाख ३० हजार रकम ठगी गरेका ओखलढुंगा सिद्धिचरण नगरपालिका १ घर भई काठमाडौँको नयाँ बसपार्क बस्ने २८ वर्षीय अनिष थापा मगरलाई पक्राउ गरेको हो।

यही भदौ २५ गते साँझ पक्राउ गरिएका उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट दिन ५ म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनी जबरजस्ती करणी मुद्दाका कैदी रहेको र जेनजी आन्दोलनका बेला २०८२ भदौ २४ गते नक्खु कारागारबाट भागेको व्यक्तिसमेत भएको खुल्न आएको प्रहरीले परिसर काठमाडौँले जनाएको छ।

पक्राउका क्रममा थापा मगरको साथबाट नक्कली सुनजस्तो देखिने पहेँलो धातु ८५६ ग्राम पनि बरामद भएको छ।

प्रकाशित: २८ भदौ २०८३ ११:४९ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast