कुन कुन जिल्लामा छ आज बाढीको जोखिम?

हिमाल प्रेस २८ भदौ २०८३ १०:०९ | Sunday, September 13, 2026
कुन कुन जिल्लामा छ आज बाढीको जोखिम? फाइल तस्बिर

काठमाडौँ- आज विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम छ। वर्षासँगै कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन पाँचथर, संखुवासभा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, जाजरकोट, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केही ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित: २८ भदौ २०८३ १०:०९ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast