यी जिल्लामा आज आकस्मिक बाढीको उच्च जोखिम

हिमाल प्रेस ४ साउन २०८३ ९:४९ | Monday, July 20, 2026
8
SHARES
यी जिल्लामा आज आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौँ- वर्षासँगै देशका केही जिल्लामा आज (साउन ४) आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान छ। कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यस दिन गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु, दाङ भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान छ ।

झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपासका जिल्ला भई साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

“उक्त जिल्लाहरूका नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ। सप्तकोशी, तमोर, अरूण, दूधकोसी, तामाकोसी, सुनकोसी, नारायणी, त्रिशूली, कर्णाली, महाकालीलगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

“आज बिहानको मापनानुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ,” महाशाखाले भनेको छ ।

प्रकाशित: ४ साउन २०८३ ९:४९ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast