यी जिल्लामा छ बाढीको अत्याधिक जोखिम

हिमाल प्रेस ३० असार २०८३ १०:२४ | Tuesday, July 14, 2026
10
SHARES
यी जिल्लामा छ बाढीको अत्याधिक जोखिम

काठमाडौँ- वर्षासँगै देशका विभिन्न जिल्लामा आज आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । केही सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ,’ महाशाखाले भनेको छ ।

काठमाडौं उपत्यकालगायत अरू केही जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको पूर्वानुमान छ ।

पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, लमजुङ, नवलपरासी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

 

प्रकाशित: ३० असार २०८३ १०:२४ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast