भोटेकोशी बाढी : कति पुग्यो ज्यान गुमाउने र बेपत्ताको संख्या?

हिमाल प्रेस २८ भदौ २०८३ ८:२४ | Sunday, September 13, 2026
भोटेकोशी बाढी : कति पुग्यो ज्यान गुमाउने र बेपत्ताको संख्या?

काठमाडौँ- गत भदौ १० को भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३८४ पुगेको छ।  प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी चितवनमा ३६४ जनाको शव भेटिएको छ । त्यस्तै नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार फेला परेकामध्ये १ हजार २३० शवको पहिचान तथा प्रक्रिया पूरा गरी व्यवस्थापन गरिसकिएको छ । पहिचान नभएका शवहरूलाई डीएनए नमुना संकलन गरी सुरक्षित रूपमा माटोमुनि राखिएको छ ।

हालसम्म मृतक र तिनका आफन्त गरी ३ हजार १३२ वटा डिएनए नमुना संकलन गरिएको छ । पहिचान हुन बाँकी १ हजार ३३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ । बाढीमा परेका ४ हजार ८९ जना अझै बेपत्ता छन् । प्रभावित क्षेत्रमा खोजी, उद्धार र सहायताका लागि ७ हजार ९७५ प्रहरी कर्मचारी खटाइएको छ ।

प्रकाशित: २८ भदौ २०८३ ८:२४ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast