भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

हिमाल प्रेस २७ भदौ २०८३ २०:५१ | Saturday, September 12, 2026
भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी तस्बिर : नेपाली सेना

काठमाडौँ- नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेकाको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको जनाएको छ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पुग्ने करिब एक किलोमिटर बढी पहुँच सडक निर्माण गरी हराइरहेकाको खोजी जारी राखिएको जानकारी दिए।

चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा ठाउँ साँघुरो हुँदा हेलिकप्टरबाट डोजर झार्न नसकिएकाले पहुँच सडक निर्माण गर्नुपरेको हो।

सेनाको उद्धार टोली त्यस कार्यमा २४सै घण्टा खटिइरहेको बस्नेतले जानकारी दिए। उनले भने, ‘त्यहाँ बाढीले ल्याएको एकदमै बाक्लो लेदो रहेछ, हाम्रो टोलीले रातभरि नै सुरुङ सफा गरिरहेका छन्।’

सेनाका अनुसार माथिल्लो त्रिशूली–१ बाट हालसम्म चार वटा शव संकलन भएको छ। त्रिूशली–३ ‘बी’मा र चिलिमेलाई केन्द्रित गरेको उद्धारका प्रयास भइरहेको सेनाले जनाएको छ। त्रिशूली–३ बीमा एक सयभन्दा बढी फौज उद्धारमा खटिइएका छन्।

यस्तै, चिलिमे आयोजनाको सुरुङमा अहिले नेपाली सेना र भारतीय उद्धारकर्मीले संयुक्त रूपमा उद्धार प्रयास जारी राखेको छन्।

प्रकाशित: २७ भदौ २०८३ २०:५१ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast