हुथी विद्रोहीको कब्जामा यमनको मयुन द्वीप : साउदी तेल निर्यात प्रभावित हुने जोखिम

हिमाल प्रेस २६ भदौ २०८३ १८:०२ | Friday, September 11, 2026
हुथी विद्रोहीको कब्जामा यमनको मयुन द्वीप : साउदी तेल निर्यात प्रभावित हुने जोखिम फाइल तस्बिर : एएफपी

काठमाडौँ- यमनमा सरकारी सेना पछि हटेपछि इरान समर्थित हुथी सशस्त्र समूहले रणनीतिक रुपमा अत्यन्तै महत्वपूर्ण मानिने मयुन द्वीप कब्जा गरेको छ।

हुथी सशस्त्र समूहले बाब अल–मन्देब स्ट्रेटको मुखमा रहेको बाब अल–मन्देब द्वीप नियन्त्रणमा लिएको हो।

बीबीसी फारसी र रोयटर्सका अनुसार साउदी समर्थित यमनी सरकारी सुरक्षा बल मयुन द्वीप र तटीय सहर धुबाबबाट पछि हटेका छन्। यसका साथै हुथी लडाकुहरुले राणनीतिक रुपमा महत्वपूर्ण मानिने मोखा बन्दरगाहमा पनि आफ्नो नियन्त्रण कायम गरेका छन्।

बाब अल–मन्देब स्ट्रेटको मध्य भागमा अवस्थित मयुन द्वीपले यस जलमार्गलाई दुई भागमा विभाजन गर्दछ। धुबाब सहर र मयुन द्वीपमा कब्जा भएसँगै साउदी अरबको तेल निर्यातका लागि अति संवेदनशील मानिने बाब अल–मन्देब जलमार्गमा हुथी विद्रोहीहरूको लगभग पूर्ण नियन्त्रण स्थापित भएको छ।

रेड सीको यस मुख्य समुद्री जलमार्गमा हुथीको पकड मबजुत भएसँगै साउदी अरबको तेल निर्यात गम्भीर रुपमा प्रभावित हुने जोखिम बढेको छ।

यसअघि अमेरिका–इरान तनावका क्रममा होर्मुज स्ट्रेट लामो समयसम्म अवरुद्ध बनेपछि साउदी अरेबियाले वैकल्पिक रुपमा आफ्नो पूर्वपश्चिम पाइप लाइनमार्फत कच्चा तेल रेड सीस्थित यानबु बन्दरगाह पुर्‍याउँदै आएको थियो।

साउदीले आफ्नो कुल कच्चा तेल निर्यातको करिब ७० प्रतिशत हिस्सा यसै पाइपलाइनमार्फत पठाउने गरेको छ, जुन एसियाली र अन्तर्राष्ट्रिय बजारमा पुग्न बाब अल–मन्देब स्ट्रेट हुँदै जानुपर्छ।

हुथी विद्रोहीहरुले भने साउदी अरबका जहाजहरुबाहेक अन्य अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरुका लागि आफूहरु कुनै खतरा नरहेको दाबी गरेका छन्। यद्यपि उत्तरी यमनको ठूलो भूभागमा पकड जमाएका हुथीहरुले पछिल्लो साता साउदी समर्थित सरकारी सेनामाथि तीव्र आक्रमण जारी राखेका छन्।

प्रकाशित: २६ भदौ २०८३ १८:०२ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast