परराष्ट्रमन्त्री खनालसँग अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

हिमाल प्रेस २६ भदौ २०८३ १५:५७ | Friday, September 11, 2026
परराष्ट्रमन्त्री खनालसँग अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गरेकी छन्।

परराष्ट्र मन्त्रालयमा भएको भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरूप्रति समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताइन्।

उनले बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको जानकारी गराइन्।

परराष्ट्रमन्त्री खनालले यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकामा अमेरिकी सरकार तथा अमेरिकी जनताप्रति आभार व्यक्त गरे।

मन्त्री खनालले नेपालमा राहत तथा पुनःस्थापनापछि पुनर्निर्माणको चरणसम्म अमेरिकी सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।

प्रकाशित: २६ भदौ २०८३ १५:५७ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast