भारतबाट वर्षा प्रणाली नेपाल प्रवेश गर्दै

हिमाल प्रेस २६ भदौ २०८३ ६:२३ | Friday, September 11, 2026
भारतबाट वर्षा प्रणाली नेपाल प्रवेश गर्दै फाइल तस्बिर

काठमाडौँ- भारतमा विकसित भएको वर्षा गराउने प्रणाली उत्तरपश्चिम दिशाबाट कोशी प्रदेश हुँदै नेपाल प्रवेश गर्न लागेको भन्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार उक्त प्रणालीको प्रभावका कारण कोशी, मधेशलगायतका क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।

हाल बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाले वर्षासँगै हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: २६ भदौ २०८३ ६:२३ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast