ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

हिमाल प्रेस २५ भदौ २०८३ १२:४३ | Thursday, September 10, 2026
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

काठमाडौँ- ओमानलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनल पुगेको छ। फाइनलमा नेपालले शनिबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ। विजेता टोली एसिया कप खेल्न छनोट हुनेछ। नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो।

नेपालको जितका लागि नेपालका स्पिनरले जादूगर बलिङ गरे। कप्तान सन्दीप लामिछानेलले ६ ओभरमा ९ रन मात्र खर्चिएर ३ विकेट लिए। अर्का स्पिनर दीपेन्द्र सिंह एरीले ६ ओभर नै बलिङ गर्दा ११ रन खर्चिएर ३ विकेट नै झारे। पूर्वकप्तान रोहित पौडेलले ४ दशमलव १ ओभर बलिङ गर्दा २ विकेट लिए। उनले एक ओभर मेडन फ्याकेका थिए। यसबाहेक ललित राजवंशीले ५ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए। उनले २ ओभर मेडन बल फ्याके।

ओमानका ओपनर जतिन्दर सिंहले ४१ बलमा २५ रन र अलराउन्डर जितेनकुमार रामानन्दीले १३ बनाउन बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।

दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । बसिर अहमदले ४७ रन बनाए । देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन ।

ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन मात्र दिएर ३ विकेट लिए । हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले १-१ विकेट लिए ।

नेपालले अब उपाधिका लागि यूएईसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । फाइनल जित्न सके नेपाल एसिया कपमा छनोट हुनेछ ।

प्रकाशित: २५ भदौ २०८३ १२:४३ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast