जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाइने

हिमाल प्रेस २४ भदौ २०८३ १०:४७ | Wednesday, September 9, 2026
जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाइने

काठमाडौँ- हालैको बाढीपछि काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यास आपूर्ति समस्या समाधान गर्न सरकारले अस्थायी रूपमा जुनसुकै कम्पनीको खाली सिलिन्डर साटेर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन मिल्ने व्यवस्था लागू गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगम र ग्यास उद्योगका प्रतिनिधिसँग छलफल गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले उक्त निर्णय गरिएको जानकारी दिएकी हुन्।

नयाँ व्यवस्थाअनुसार उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डको ग्यास बजारमा उपलब्ध नभए अर्को कम्पनीको भरिएको सिलिन्डर पनि सोही मूल्यमा लिन सक्नेछन्।

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएकाले तत्कालका लागि यो व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री यादवले निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नेपाल आयल निगम र ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन्।

संकटको अवस्था दुरुपयोग गर्दै कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई सास्ती दिने वा सरकारी निर्देशन अवज्ञा गर्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।

प्रकाशित: २४ भदौ २०८३ १०:४७ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast