सामाजिक सन्जालमा भ्रम चिर्न नसक्दा एमालेले चुनाव हार्‍यो तर फेरि उठ्छौँ : शंकर पोखरेल

हिमाल प्रेस २४ भदौ २०८३ ७:१० | Wednesday, September 9, 2026
सामाजिक सन्जालमा भ्रम चिर्न नसक्दा एमालेले चुनाव हार्‍यो तर फेरि उठ्छौँ : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी फेरि जनताका बीच सुदृढ भएर उभिने बताएका छन्। मङ्गलबार धनुषाको लालगढमा एमाले पार्टी मधेश कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’ को अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले छ वटा ‘ज’ को अभियानले पार्टी सुदृढीकरण अभियानले दृढतापूर्वक पार्टी उठ्ने बताए।

महासचिव पोखरेलले भने ‘ज’ भन्नाले जनतामा जानु, जनताका मुद्दा उठाउनु, जनतासँग जोडिनु, जनताको प्रिय बन्नु , जनसङ्गठन व्यवस्थित रुपले परिचालन गर्नु र समाजवादी लक्षमा पुग्न पार्टीको मुख्य सिद्धान्त जनताको बहुदलीय जनवादको परिणाममुखी अभ्यास हो।’

पार्टीलाई नयाँ पुस्तासँग जोड् नसक्दा, युवा चासो सम्बोधन गर्न नसकिदा, पार्टीविरुद्ध सामाजिक सञ्जालमा आउने भ्रम चिर्न नसक्दा एवं संस्थागत निर्णय र छलफल कमजोर हुँदै गएर नेतामुखी बन्दा गत निर्वाचनमा पराजय भोगेको पोखरेलको स्वीकारोक्ति छ ।

‘हामी चुनावमा हार्‍यौं, यो अनपेक्षित परिणाम हो’ उनले भने, ‘हामी मटियामेट भएका होइनौ, फेरि उठ्ने हामीसँग सामथ्र्य छ ।’ पार्टी कामलाई व्यवस्थित सञ्चालन गर्न थाले चाँडै जनताका बीच स्थापित हुने उनको भनाइ छ । अब लगत्तै यसै असोजको पहिलो सातामा बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकपछि पार्टी व्यवस्थित रुपले अघि बढ्ने खाका बन्ने उनले बताए ।

 

प्रकाशित: २४ भदौ २०८३ ७:१० | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast