भोटेकोशी बाढीको क्षतिलाई जातजाति लक्षित भन्दै भिडियो बनाएर प्रचार गर्ने पक्राउ

हिमाल प्रेस २२ भदौ २०८३ ११:२० | Monday, September 7, 2026
भोटेकोशी बाढीको क्षतिलाई जातजाति लक्षित भन्दै भिडियो बनाएर प्रचार गर्ने पक्राउ

काठमाडौँ- भोटेकोशी बाढीको समाचारलाई सामाजिक सहिष्णुतामा आघात पुऱ्याउनेगरी प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय विभागका अनुसार बैतडी, सुर्नया गाउँपालिका वडा नं. ७ स्थायी घर भई काठमाडौँस्थित चन्द्रागिरी नगरपालिका वडा नं १२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका हुन्।

मैडले बाढीबाट भएको जनधनको क्षतिलाई विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाई सामाजिक सञ्जालको रिलमा प्रसारण गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

 

प्रकाशित: २२ भदौ २०८३ ११:२० | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast